महाशिवरात्रि: पशुपतिनाथमा धुनी जगाउन ३५ हजार किलो दाउरा

तु खबर संवाददाता
२०७७ फाल्गुन १०, सोमबार १३:१४

महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको लागि तयारी शुरु गरिएको छ । तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ ।

पशुपतिनाथ दर्शनका लागि आउने साधु सन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा बजेट माग गरी पत्र पठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ ।

यस वर्ष रु ९५१, रु ७५१, रु ५५१, रु ३५१, रु २५१ र रु १५१ गरी छ वर्गमा स्तरअनुसार साधुसन्तलाई दक्षिणा दिने संस्थानको तयारी छ । सोका लागि केन्द्रीय कार्यालयसँग २८ लाख ६५ हजार ३७६ रुपैयाँ माग गरिएको छ ।

साधुसन्तलाई राममन्दिर, अन्नपूर्ण भण्डार, गोरखनाथ मन्दिरलगायत स्थानमा राख्ने तयारी गरिएको छ । नागा बाबालाई भने पशुपतिनाथको मूल मन्दिरभित्र नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*