कालिका माविका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

तु खबर संवाददाता
२०७७ फाल्गुन ५, बुधबार १३:४६

मकवानपुर । राक्सिराङ गाउँपालिकाको खैराङ अठारेस्थित श्री कालिका माद्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग उपलब्ध गराइएको छ ।

वसन्त पञ्चमी (सरस्वती पूजाको) अवसरमा सोही विद्यालयका पूर्व विद्यार्थी समूहले त्यहाँका कक्षा १ देखि १० सम्मका विद्यालयले छनौट गरेको आधारमा जेहेन्दार, आर्थिक अवस्था कमजोर भएका , शारिरिक अपाङ्गता भएका १५ जना छात्रछात्राहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

समूहले प्रति विद्यार्थी एक थान स्कुल ब्याग, १५ थान कपी, एक दर्जन कलम, ज्यामितीय बक्सलगायतका शैक्षिक सामग्री वितरण गरेको हो ।

पूर्व विद्यार्थीहरु आयुष खड्का, धर्मराज स्याङ्तान, हरि लोप्चन, बालिका तामाङ, गणेश कुमार नगरकोटी, श्रीमान नेगी, सूर्य रूम्बा लगायतले विध्यालयमै पुगेर शैक्षिक सामग्री वितरण गरेका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*