अर्याल सभामुखमा निर्विरोध निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका अर्जुन नरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
अर्याललाई सभामुखमा निर्वाचित गर्न कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री सुनिल लम्साल प्रस्ताव र समर्थन गरेका थिए । रास्वपाका उपसभापति रहेका अर्याल अब स्वतन्त्र भूमिकामा सभामुखको जिम्मेवारीमा रहनेछन् ।
अन्य कुनै पनि प्रतिनिधिसभा सदस्यले उम्मेदवारी नदिएकाले अर्याल निर्विरोध निर्वाचित भएका हुन् ।
