नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान सूचना जारी गर्दै बैठक बोलाइएको जानकारी दिएका हुन्।
सूचनाअनुसार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यसहित सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।
संस्थापन इतर समूह विशेष महाधिवेशनको अन्तिम तयारीमा जुटिरहेको समयमा आकस्मिक रूपमा बैठक बोलाइएकाले यसलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, पार्टीभित्रको आन्तरिक गतिविधि तथा आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।



