एमाले मकवानपुरबाट लामा र बर्तौलासहित ८ जना सिफारिस

तु खबर संवाददाता
२०८२ पुष २१, सोमबार ०५:३४

हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले मकवानपुरबाट ८ जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक र आइतबार बसेको जिल्ला कमिटी बैठकले दुई निर्वाचन क्षेत्रका लागि विभिन्न व्यक्तिहरुको नाम सिफारिस गरेको हो ।

मकवानपुर क्षेत्र नम्बर १ बाट रामेश्वर राना, जिल्ला उपाध्यक्ष हिदम लामा, मदनकुमार दाहाल, पूर्व सांसद कृष्णप्रसाद दाहाल, पूर्व राष्ट्रिय सभा सदस्य रामचन्द्र राई र नारायणप्रसाद सापकोटाको नाम सिफारिस गरेको छ ।

त्यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ को बैठकले महेश कुमार बर्तौला र सुवासचन्द्र ठकुरीको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीले सिफारिस भएका नामहरू केन्द्रीय कमिटीमा पठाइने  र  प्रतिनिधिसभा सदस्यका उम्मेदवार छनोट गरिने छ ।

छनौट भएका प्रतिनिधिमा भीमफेदी गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष हिदम लामा र एमाले केन्द्रीय सचेतक महेश बर्तौलामात्रै युवा उम्मेदवार हुन् ।