गाजामा भएको हिंसाको अनन्त चक्र तोडिनुपर्छ : महासचिव गुटेरेस

गिरिजा अधिकारी
२०८२ पुष ४, शुक्रबार २०:३५
तस्बिर : युएन वेब टिभी

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले गाजाकोभयावह अवस्था देखेर आफ्नो हृदय विक्षिप्त हुने बताएका छन् । डिसेम्बर १९ मा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा पत्रकारहरुसँग कुराकानी गर्दै महासचिव गुटेरेसले गाजामा त्यहाँका परिवारले सहन नसकिने सास्ती भोगिरहेको स्मरण गर्दै उनले बालबालिकाहरु झनै कष्टकर रुपमा पाल मुनी बसिरहेको बताए ।

बढ्दो भोकमरीको संकटलाई केही हदसम्म भएपनि संयुक्त राष्ट्रसंघले कम गर्न प्रयास गरिरहेको बताउँदै महासचिव गुटेरेसले सहायता पुग्ने गतिभन्दा धेरे तीव्र रुपमा सकंट बढिरहेको तर्फ चिन्ता व्यक्त गरे ।

अत्यावश्यक सामग्रीमा लगाइएका प्रतिबन्धहरु हट्नुपर्ने महासचिव गोटेरेसको भनाइ छ । उनले यो विकृत र लामो समयदेखिको पीडा अन्त्य हुनुपर्ने कुरामा जोड दिए । युद्ध विराम पुर्ण रुपमालागु हुनुपर्ने कुरामा जोड दिँदै महासचिव गुटेरेसले हिंसाको यो अनन्त चक्र तोडिनु पर्ने बताए ।

गाजा युद्ध अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट सुरु भएको थियो । आक्रमणको प्रतिक्रिया स्वरूप इजरायलले गाजामा व्यापक सैन्य कारबाही सुरु गर्‍यो, जसले गर्दा विगत १०० दिनभन्दा बढी समयदेखि नाजुक अवस्था छ ।

गाजामा मारिनेहरुमा अधिकांश महिला र बालबालिकाहरू छन्। मानिसहरु बमबारीले मात्र होइन भोक, रोग र खानेपानीको अभावमा समेत मरिरहेका छन् । बालबालिकाहरू पानीले भरिएका पालहरूमा सुत्न बाध्य रहेको महासचिव गुटेरेसले सो जानकारी दिएका छन् ।

गाजा संकट समाधानका लागि महासचिव गुटेरेसको नेतृत्वमा महत्वपूर्ण कामहरु अघि बढेका छन् । गाजा द्वन्द्व अन्त्यका लागि विस्तृत योजना सुरक्षा परिषद्बाट पारित भएको छ भने गाजामा खाद्यन्न संकट परिपूर्तीका लागि संयुक्त राष्ट्रसंघका एजेन्सीहरुले काम गरिरहेको छ । साथै, त्यहाँ स्वास्थ्य सेवा पनि सुरु गरिएको छ । संयुक्त राष्ट्रसंघले दैनिक १५ लाखभन्दा बढी मानिसहरुलाई तातो खानको प्रबन्ध गरिरहेको छ, महासचिव गुटरेसले भने । चिसोबाट बच्न न्यायो लुगा र पाल समेत वितरण गरिएको छ ।