पूर्वराष्ट्रपति भण्डारी आज क्षतिग्रस्त सिंहदरबारको अवलोकन गर्दै

तु खबर संवाददाता
२०८२ मंसिर २१, आईतवार १४:२७

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबार परिसरको अवलोकन गर्ने भएकी छन्। आइतबार दिउँसो उनी सिंहदरबारस्थित आगजनीबाट प्रभावित भवनहरूको स्थलगत निरीक्षणमा जाने कार्यक्रम तय भएको छ।

पूर्वराष्ट्रपति भण्डारीका सल्लाहकार राजकुमार राईका अनुसार गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा आगजनी हुँदा विभिन्न भवनहरूमा क्षति पुगेको थियो। सोही क्षतिको अवस्था बुझ्न उनले अवलोकन गर्न लागेकी हुन्।

अवलोकनकै क्रममा पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्ने कार्यतालिका पनि रहेको उनका निकट स्रोतले जानकारी दिएका छन्। सिंहदरबारमा भएको आगजनीपछि क्षतिग्रस्त संरचनाको अवस्था र पुनर्निर्माणका विषयमा छलफल हुन सक्ने बताइएको छ।

उनका निकटस्थहरूले आइतबार अपराह्न उनी सिंहदरबार पुगेर क्षतिग्रस्त क्षेत्रको अवलोकन गर्ने निश्चित कार्यक्रम रहेको जनाएका छन्।