महाधिवेशन समयमै गर्न नेपाली काँग्रेस बागमती प्रदेशको केन्द्रलाई अनुरोध

तु खबर संवाददाता
२०८२ कार्तिक ३०, आईतवार २१:२५
तस्बिरः नेपाली काँग्रेस बागमती प्रदेश समिति

हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेश समितिले पार्टीको १५ औँ महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्न केन्द्रीय समितिलाई अनुरोध गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमिति, प्रदेश संसदीय दल तथा प्रदेशका १३ जिल्ला सभापतिहरूको संयुक्त बैठकले यस्तो अनुरोध गरेको हो ।

प्रदेश सभापति एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भक्तपुरमा सम्पन्न सो बैठकले लोकतन्त्र सुदृढ गर्न महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुनुपर्ने निश्कर्ष समेत निकालेको छ ।

१४ औँ महाधिवेशनबाट निर्वाचितहरुको कार्यकाल सकिन लागेकोले तोकिएकै समयमा १५ औँ महाधिवेशन गर्नु उचित हुने र हाल केन्द्रीय कार्यसमितिको बैठक जारी रहेकाले बैठकबाट सर्वसम्मत रूपमा मिति टुंग्याउन बागमती प्रदेशले केन्द्रलाई अनुरोध गरेको छ ।

बैठकले २३ र २४ भदौमा भएको आन्दोलनको छानबिन र दाषीमाथि कारवाहीको माग गरेको छ भने पार्टी सभापति देउवा र केन्द्रीय सदस्य आरजु देउवामाथि भएको आक्रमणको निन्दा समेत गरेको छ ।