पच्चिस हजार धरौटीमा पाठकलाई रिहा गर्न अदालतको आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभुषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
साइबर अपराध गरेको आरोपमा मुद्धा दर्ता गरेपछि उनी अदालत उपस्थित भएका थिए । न्यायाधीश खेमराज भट्टराईको इजलासले उनीविरुद्ध थुनछेक बहस गरेको थियो । थुनछेक बहसका क्रममा २५ हजार धरौटीमा माग्ने र सो बुझाए रिहा गर्ने आदेश भएको हो ।
असार १६ गते प्रहरीले उनीविरुद्ध मुद्धा दायर गरेको थियो । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाका पुत्रसँग सम्बन्धित विषयमा सामग्री प्रसारण गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो । सोही उजुरीमाथि अनुसन्धान गरी प्रहरीले सरकारी वकिल मार्फत् मुद्धा दायर गरेको हो ।



