अग्नि सापकोटामाथि अनुसन्धान गर्न सर्वोच्चकोआदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दाको उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको इजलासले उनीविरुद्धको उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णयलाई खारेज गरेको हो ।
काभ्रेकी पूर्णिमाया लामाले आफ्ना पति अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लगाउँदै सापकोटा विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले त्यो जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो, जसका विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।
२०७२ सालमा न्यायाधीश सुशिला कार्की र ओम प्रकाश मिश्रको इजलासले सो रिटलाई संवैधानिक इजलासले हेर्ने गरी तोक्न सिफारिस भएको थियो । त्यस यता बेन्ज बस्न नभ्याएको, हेर्न नभ्याएको हुँदै आएको थियो भने बीचमा संवैधानिक इजलासबाट केही आदेश हुँदै पछि पुनः हेर्न नमिल्ने र नभ्याइने भएका कारण सुनुवाइ हुन सकेको थिएन ।



