डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गर्ने आदेश सर्वोच्चद्वारा सदर

तु खबर संवाददाता
२०८२ जेष्ठ ६, मंगलवार १७:३२

काठमाडौं । गर्भनर नियुक्तिको लागि चर्चामा रहेका डा. विश्व पौडेल विरुद्धको रिट दरपिठ गर्ने आफ्नो प्रशासनको आदेश सही भएको सर्वोच्चले ठहर गरेको छ ।

दरपिठ विरुद्ध आफ्नो रिट निवेदन दर्ता हुनुपर्ने माग राखी सर्वोच्चमा पेस गरिएको निवेदन सुनुवाइ गर्दै न्यायधीश सपना मल्ल प्रधानको इजलासले सो रिट दरपिठ गर्ने आफ्नो प्रशासनको आदेश सदर गरेकी हुन् ।

यससंगै अब पौडेललाई गभर्नर नियुक्ति गर्ने बाटो सरकारलाई खुलेको छ ।

अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले अर्थशास्त्री पौडेललाई गभर्नर नियुक्त गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए भने सर्वोच्च प्रशासनले सो निवेदन दर्ता नगर्ने भनी दरपिठ गरिदिएको थियो । सो दरपिठ विरुद्ध आज सुनुवाइ भएको थियो ।