तेह्र लाख किशोरीले लगाए एचपीभी खोप

तु खबर संवाददाता
२०८१ फाल्गुन ५,सोमबार १८:२२
file-photo

काठमाडौं । देशभर हालसमम पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप १३ लाख किशोरीले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियान अन्तर्गत १३ लाख किशोरीले खोप प्राप्त गरेका हुन् ।

एचपिभी खोप अभियानको १२ औँ दिनसम्ममा १३ लाख किशोरीले खोप लगाएको परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

उनका अनुसार, हालसम्म उत्साहजनक ढङ्गबाट खोप लगाइएको छ । अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रमार्फत खोप प्रदान गरिएको छ ।

एचपिभी खोप अभियान अनुसार १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।