पानीमा डुबेर युवकको मृत्यु
धनगढी । कैलालीको धनगढीमा पानीमा डुबेर बिहीबार एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २८ वर्षीय सेवन राना रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बोरिङबाट निस्केको पानीको खाल्डोमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको हो ।
उनी मृगीको बिरामी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
