हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिताः रुपेश र सिन्दिरा विजयी

तु खबर संवाददाता
२०८१ माघ २०,आईतवार ०९:५५

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता नेपाल बुद्धिचाल महासंघले आयोजना गरेको हो ।

११ चरणको राउण्ड रोविन प्रतिस्पर्धासहित सम्पन्न उक्त प्रतियोगिताको विजयी पुरूषतर्फ एफएम रुपेश जैसवाल र महिलातर्फ सिन्दिरा जोशी भएका छन् ।

हेटौंडामा एक सातासम्म चलेको बुद्धिचाल प्रतियोगितामा रौतहटका रुपेश जैसवाल ९ अंक जोडेर २५ औं राष्ट्रिय चेस च्याम्पियन बनेका हुन् । उनको यो दोस्रो राष्ट्रिय उपाधि हो ।

युवा पुरुषोत्तम सिलवालले टाइब्रेकरका आधारमा दोस्रो स्थान र राजन सुवेदीले तेस्रो स्थान हाँसिल गरे । मकवानपुरका एफएम क्षितिज भण्डारीले चौथो स्थान प्राप्त गरेका छन् भने दोलखाका आशिष् फूँयाल पाँचौ, झापाका सिएम शुश्रुत दहाल सातौं, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी आठौं, प्रेमकृष्ण महर्जन नवौं र ललितपुरका सुरोज महर्जन दशौं भए ।

त्यसैगरी १० औं महिला राष्ट्रिय वुमन च्याम्पियन सिन्दिरा जोशीले ९ अंक बनाएकी छिन् । उनले उत्कृष्ट खेल खेली उपाधि जोगाउन सफल भएकी हुन् ।

यस्तै, झापाकी पुनम प्रसाई दोस्रो, बाँकेकी इशा गिरी तेस्रो, काठमाडौंकी एञ्जल महर्जन, मोरङकी शान्ति धिमाल पाँचौं, झापाकी कृतिसारा अधिकारी, किर्तिपुरकी बिनिता कपाली सातौं, बाराकी शुशिला गुरुङ आठौं, चितवनकी लक्ष्मी कँडेल नवौं र काठमाडौंकी निहाना श्रेष्ठ दशौं भए ।