कांग्रेस सभापति कलौनी मृत अवस्थामा भेटिए

तु खबर संवाददाता
२०८१ माघ १९, शनिबार १०:५७

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् । कलौनी शनिबार बिहान सडक पेटीमा घोप्टो परेको अवस्था मृत भेटिएका हुन् ।

उनको शव नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही पर मामाभाञ्जा चोक नजिक फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनको घर पनि सोही क्षेत्रमा पर्दछ ।

उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि सुरु गरेको छ । कलौनी बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका अध्यक्ष पनि थिए ।