यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०८१ माघ ९, बुधबार ०९:२३
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र त्यसको कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

साथै महाशाखका अनुसार, हाल तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ । यस्तै, आज कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

ती क्षेत्रहरुमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भन्दै यसतर्फ आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।