आजदेखि सुरु भयो तिहार
काठमाडौं । नेपालीहरुको दोस्रो हमान पर्व शुभदिपावी (तिहार) आजबाट सुरु भएको छ । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार आजबाट विधिवत् रुपमा सुरु भएको छ ।
बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका अनुसार, बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेको आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्नेछ ।
यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ भने काग तिहार पनि भोलि नै परेको जनाइएको छ ।
कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्नेछ भने कात्तिक १६ गते शुक्रबार औँशी र कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ ।
यस्तै, कात्तिक १८ गते भाइटीका परेको छ । यस पटकको टीका आइतबार बिहान ११ः ३७ बजे परेको छ ।
