हेटौंडाको पल्पसा होटलमा एक जना मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको हेटौंडास्थित पल्पसा होटलमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, स्थित उक्त होटलमा हिजो कार्तिक २ गते शुक्रबार एक जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।
होटलको ४०५ नम्वर कोठामा काठमाडौं महानगरपालिका वडा नं. ७ चाबेल घर भएका वर्ष ४७ को अजय मानन्धर मृत अवस्थामा फेला परेको प्रवक्ता अर्यालले बताए ।
कानूनी प्रकृया पूरा गरी उनको शव हेटौंडा अस्पतालमा लगिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए ।
