प्रदेश लोकसेवा आयोगका सदस्य ढकालले दिए राजीनामा

तु खबर संवाददाता
२०८१ कार्तिक २,शुक्रबार १५:४८

मकवानपुर । प्रदेश लोकसेवा आयोग बागमतीका सदस्य सुदर्शनप्रसाद ढकालले पदबाट राजिनामा दिएका छन् ।

सदस्य ढकालले शुक्रबार पदबाट राजीनामा दिएका हुन् । उनले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष राजीनामा पेश गरेका हुन् ।

प्रदेश सरकारले आफूभन्दा कनिष्ठलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेको भन्दै असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् ।

प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ६ (क) बमोजिम कात्तिक ११ गतेदेखि लागू हुने गरी सदस्य पदबाट राजीनामा दिएको ढकालले बताए ।