साना दलहरूबीच एकता र सहकार्यका लागि सहमति
काठमाडौं । विभिन्न साना राजनीतिक दलहरूबीच एकता र सहकार्यका लागि सहमति भएको छ ।
बिहीबार झापाको दमकमा बसेको बैठकमा साना दलहरुबीच एकता र सहकार्यका लागि सहमति भएको हो ।
सो छलफलमा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल, नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक मञ्च, नेपाल जनमुक्ति पार्टी, पहिचानवादी मोर्चालगायतका सङ्घ सङ्गठनका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
पहिचान पक्षधरहरूको एकीकृत पार्टी निर्माणका लागि डेकेन्द्रसिंहको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरिएको छ । कार्यदलमा मधुराज गुरुङ र केदार धिमाल सदस्य रहेका छन् ।
उक्त कार्यदलले एकता गर्ने दलहरूबीचमा समन्वय गरी संवादका लागि व्यवस्थापन गर्ने जनाइएको छ ।
