मनहरीबाट ७ जुवाडे प्रहरीको नियन्त्रणमा
मकवानपुर । मकवानपुर प्रहरीले मनहरीबाट गएराति ७ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६, भुलचोकस्थित जुवाखालबाट प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले ७ जनालाई नियन्त्रणमा लिएको जानकारी आएको भन्दै यसबारे विस्तृत विवरण आउँन बाँकी रहेको तु खबरलाई बताए ।
