देशभर १९ हजार जनालाई डेंगु संक्रमण पुष्टि
काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या बढ्दो छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगु संक्रमितको संख्या १९ हजार पाँच ९९ पुगेको छ ।
डेंगु सङ्क्रमणबाट हालसम्म नौ जनाको मृत्यु भइसकेको ईडिसिडी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, डेंगु सङ्क्रमण देशको ७६ जिल्लासम्म फैलिएको छ ।
डेंगु सङ्क्रमण सबैभन्दा बढि काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेंगु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
डेंगु सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने जनाइएको छ ।
