कांग्रेसको पर्यटन विभागमा १० जना सदस्य मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको पर्यटन विभागको सदस्यमा १० जनालाई मनानीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहेको पर्यटन विभागमा १० जना सदस्य मनोनयन गरेका हुन् ।
मनोनीत हुने सदस्यहरूमा क्रमशः खुम सुवेदी, बीरबहादुर महरा, दिपेन्द्र पाण्डे ‘कपिल’, लक्की कार्की क्षेत्री, छिरिङ डोल्मा शेर्पा, दिनेश मगर, यज्ञमूर्ति आचार्य, रामप्रसाद पञ्जियार, ईश्वर लामिछाने र जंगबहादुर लामा रहेका छन् ।
सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको जनाइएको छ ।
