धनुषामा कुटपिटबाट पुरुषको हत्या
जनकपुरधाम । धनुषामा कुटपिट गरी एक पुरुषको हत्या गरिएको छ । धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सोमबार स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको हो ।
कुटपिटबाट गम्भीर घाइते ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जनाइएको छ ।
उनीहरुको कुटपिटबाट मृतक ठाकुरकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन् ।
प्रहरीले कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।
