रास्वपाको केन्द्रीय समिति बैठक ११ बजे बस्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।
बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । सो बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ ।
यस्तै, बैठकमा रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखेको विवादित पत्र लगायतका विषयमा पनि छलफल हुनसक्ने सम्भावना रहेको जनाइएको छ ।
