प्रतिनिधि सभाको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ श्रावण ७, सोमबार ०८:५२
file-photo

काठमाडौं । आज संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद् सचिवालयका अनुसार, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम रहेको छ ।

यसैगरी, आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको जनाइएको छ ।