हेटौंडामा स्वास्थ्य बीमा सहयोगार्थ अभियान शुभारम्भ
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा गरिब तथा विपन्न परिवारको स्वास्थ्य बीमा सहयोगार्थ अभियान शुक्रबारबाट शुभारम्भ गरिएको छ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघ हेटौंडा उपमहानगर समितिको आयोजनामा उक्त अभियान शुभारम्भ गरिएको हो ।
बिरामी पर्दा उपचारमा हुने ठूलो आर्थिक भारलाई थोरै भएपनि व्यवस्थापन होस् भन्ने उद्देश्यले शुभारम्भ गरेको उक्त अभियानको नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले गरेका हुन् ।
कार्यक्रममा कांग्रेस जिल्ला सभापती बुद्ध लामा, पूर्व सभापति रघुरमण न्यौमाने, कांग्रेस बागमती प्रदेश सद्स्य चम्फुरत्न लामा, जिल्ला सचिव भिमसेन महत, प्रवक्ता अर्जुन चौलागाई लगायतको सहभागिता रहेको थियो ।
पार्टीको हरेक कार्यक्रमको सहभागी, नेता, कार्यकर्ता, शुभचिन्तक, विभिन्न ब्यपारी व्यवसायी संघ/संस्था/व्यक्तिसंग समन्वय गर्दै अभियान सफल पार्ने योजना रहेको महासंघका निवर्तमान नगर अध्यक्ष तथा कांग्रेस पार्टी नगर समितिका सचिव हर्करत्न लामाले जानकारी दिए ।
कार्यक्रम संस्थाकी अध्यक्ष शान्ति लोप्चनको अध्यक्षतामा भएको हो ।
