नेपाली कांग्रेसको प्रदर्शन आज

तु खबर संवाददाता
२०८१ जेष्ठ १३,आईतवार ०९:३४

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौं उपत्यकामा विरोध प्रदर्शनको आयोजना गर्दैछ ।

कांग्रेसले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्न लागेको हो ।

बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय अनुसार, दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभा गर्न लागेको हो ।

विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ ।