कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज बस्दै

तु खबर संवाददाता
२०८१ जेष्ठ ९,बुधबार ०९:०६
file-photo

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेर संसद अवरुद्ध गर्दै आएको छ ।