कांग्रेस नेता र प्रधानमन्त्रीबीच बालुवाटारमा छलफल जारी

तु खबर संवाददाता
२०८१ जेष्ठ १, मंगलवार ०८:१३
file photo

काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका नेताहरुको छलफल हाल जारी छ । उनीहरु बालुवाटारमा छलफल गरिरहेका छन् ।

संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन् ।

संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डको बोलाहटमा बालुवाटार पुगेको प्रमुख सचेतक लेखकले बताए ।