संघीय संसद्को बजेट अधिवेशन आजबाट

तु खबर संवाददाता
२०८१ बैशाख २८, शुक्रबार ०९:००
file-photo

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्षे अधिवेशनको रुपमा चिनिने बजेट अधिवेशन आजबाट सुरु हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुबै सदनको बैठक आह्वान गरे अनुसार बजेट अधिवेशन सुरु हुन लागेको हो ।

बैठक नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजे बस्ने गरी बोलाइएको हो ।

अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई संघीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ ।