कांग्रेस मकवानपुरको प्रशिक्षक–प्रशिक्षण कार्यक्रम सुरु

तु खबर संवाददाता
२०८१ बैशाख ४,मंगलवार १६:४०

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरद्वारा आयोजित जिल्लास्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रशिक्षक–प्रशिक्षण कार्यक्रम मंगलबारबाट सुरु भएको हो ।

बुधबारसम्म संचालन हुने उक्त प्रशिक्षक–प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् ।

सो क्रममा बोल्दै सभापति बानियाँले सहकारीको नाममा लाखौँ जनताका अर्बौँ रुपैयाँ लुटेकाहरू अहिले सरकारमा बसिरहेको तर्क गर्दै निष्पक्ष छानबिन र कारबाहीको लागि कांग्रेसले निरन्तर संघर्ष गरिरहेको बताए ।

कांग्रेसले अनुसन्धानलाई प्रभावित हुन नदिन निरन्तर संसदीय छानबिन समितिको माग गरिरहेको उनले उल्लेख गरे ।

साथै उनले संसदीय छानबिन समिति बनाएर जनतालाई न्याय नदिलाएसम्म कांग्रेस नरोकिने उनको भनाई छ ।

प्रशक्षिण कार्यक्रमको उद्घाटन पार्टीको जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको हो ।