साताको पहिलो दिन दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्से दोहोरो अंकले बढेको छ । निरन्तर राताम्य भएको नेप्से परिसूचक लामो समयपछि बढेको हो ।
आज नेप्से १०.३७ अकंले बढेर २०९४.४६ बिन्दुमा पुगेर रोकिएको छ ।
आज ३०६ कम्पनीको १ करोड ७लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच भएको छ भने ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।
यस्तै, आज ९ उपसूचकमा हरियाली आएको छ ।
