वनकरिया महिलाहरुलाई तालिम
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आएका लोपुन्मुख वनकरिया समूदायको लागि एक महिने साबुन बनाउने तालिम आजबाट सुरु भएको छ ।
वनकरिया समूदायको आयआर्जनको निम्ति उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण मकवानपुर र मनहरी गाउँपालिकाको संयुक्त पहलमा तालिम दिन थालिएको हो
तालिमको गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आज औपचारिक उद्घाटन गरेका हुन् ।
उनले वनकरिया समूदायलाई रोजगारीसँग जोडेर विस्तारै आर्थिक, सामाजिक, शैक्षिक एवम् राजनीतिक रुपमा नेतुत्व सक्षम बनाउन गाउँपालिकाले पहल गर्ने बताए ।
तालिमपश्चात् स्थानीय स्तरमा उत्पादित साबुनमा विभिन्न प्रकारका केमिकलको प्रयोग न्यून हुने भएकाले मानव स्वास्थ्यको लागि प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे । अध्यक्ष कालाखेतीले तालिमपश्चात् उत्पादनका लागि गाउँपालिकाले पनि सहयोग गर्ने बताए ।
तालिम उद्घाटन समारोहमा पालिका उपाध्यक्ष सीता पुलामी मगर, ४ नम्वर वडा अध्यक्ष प्रकाश थापालगायत उपस्थित थिए ।
