मकवानपुरमा सडेगलेको शव भेटियो, अझै भएन सनाखत
हेटौंडा । मकवानपुरमा सडेगलेको अवस्थामा बृद्धको शव फेला परेको छ ।
बकैया गाउँपालिका वडा नं–२ सरस्वती सामुदायिक बनको वतासेडाँडास्थित जंगलको भिरबाट करिब ३०० मिटर तल अन्दाजी ६०/६५ बर्षीय बृद्धको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार शनिवार भेटिएको शवको हालसम्मे सनाखत हुन सकेको छैन ।
शव भेटिएको बारे स्थानीले प्रहरीलाई खबर गरेका थिए । सूचना पछि प्रहरीले घटनास्थल पुग्दा दुर्गन्धित अवस्थामा शव फेला परेको प्रवक्ता भण्डारीले बताए ।
