राष्ट्रपतिद्वारा मिटर व्याजसम्बन्धी विधेयक प्रमाणीकरण

तु खबर संवाददाता
२०८० श्रावण १२, शुक्रबार १५:१९
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार मिटर व्याज सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले मिटर व्याजसम्बन्धी (मुलुकी संहिता) केही नेपाल ऐनलाई संशोधन गर्न बनेको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।