राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

तु खबर संवाददाता
२०७९ चैत्र १९, आईतवार १६:२१
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले एक विज्ञप्ती जारी गर्दै राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएको जानकारी गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य असहजता भइ अस्पतालमा भर्ना हुनु भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।”

उनी शनिबार अस्पतालमा भर्ना भएका छन् । राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज बिहान अस्पताल पुगेका थिए ।

साथै सांसद् सुरेन्द्र आचार्य, पूर्वसभामुख तारानाथ रानाभाटले पनि भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवि अधिकारीले जानकारी दिए ।