बकैयामा ५ सय मत गन्दा गठबन्धनको अग्रता
मकवानपुर । स्थानीय तहको निर्वाचन मत गणना अन्तरगत बकैया गाउँपालिकामा हालसम्म ५ सय मत गणना गरिएको छ । वडा नम्वर १ को हालसम्म ५ सय मत गणना भएको जनाइएको छ । जसमा अध्यक्ष पदमा गठबन्धनका उम्मेदवार धर्मराज लामिछानेले २३२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
नेकपा एमालेबाट अध्यक्षको उम्मेद्वार सरला बोलखेले १ सय ४३ मत प्राप्त गर्दै लामिछानेलाई पछाइरहेकी छिन् ।
यसैगरी उपाध्यक्षमा गठबन्धनबाट माओवादीका उम्मेदवार भक्त बहादुरखत्रीले २७१ मत प्राप्त गरेका छन् भने एमालेबाट उपाध्यक्षका उम्मेदवार लालबहादुर स्याङ्तानले १४९ मत ल्याएका छन् ।
त्यस्तै वडा अध्यक्षमा माओवादीका आशिश तितुङले २३०, एमालेका टेक बहादुर भोम्जनले १ सय ४८ र कांग्रेसका कामी सिं मुक्तानले ९७ मत ल्याएका छन् ।
