फेरी स्थगित भयो मधेस प्रदेशसभाको बैठक
जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक फेरी स्थगित भएको छ । आज (बुधबार) का लागि बोलाइएको प्रदेशसभा बैठक फेरी स्थगित भएको हो । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित भएको जानकारी गराएका छन् ।
मधेस प्रदेशसभाको बैठक स्थगित भएको यो चौथोपटक हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक आज दिउँसो १ बजेका लागि स्थगित गरिएको थियो । फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठक विभिन्न कारण देखाएर स्थगित गरिएको थियो ।
