तेस्रोे नेपाल म्यूजिक एन्ड फेसन अवार्ड २०२१ को फारम खुल्यो
काठमाडौं । नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘नेपाल म्यूजिक एण्ड फेसन अवार्डको तेस्रो संस्करण ‘नेपाल म्यूजिक एन्ड फेशन अवार्ड–२०२२’ आयोजना हुने भएको छ । विगत झै यो वर्ष पनि अवार्डको आयोजना स्टार वान इन्टरटेनमेन्टले गर्न लागेको हो । अवार्डमा भाग लिन चाहनेहरुका लागि बिहिबारबाट फारम खुल्ला गरिएको आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले जानकारी गराएकी छिन् । यो अवार्डमा सहभागी हुन चाहनेहरुले आगामी ५ चैतसम्म फारम भरिसक्नुपर्नेछ । सहभागीले स्टार वान इन्टरटेनमेन्टको कार्यालय नयाँ बानेश्वरबाट फारम लिएर भर्न सक्नेछन् । अवार्डको आयोजना नयाँ वर्षको अवसर पारेर आगामी वैशाखमा गरिने भएको छ ।
यो अवार्डमा सहभागी हुन चाहने गीतहरु सन् २०२१ जनवरीबाट सन् २०२२ जनवरी अन्त्यसम्म रिलिज हुनुपर्ने आयोजक पक्षले जनाएको छ । अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाडपर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरुले भाग लिन पाउने छन् । गीतसँगै म्यूजिक भिडियोको टिमले पनि भाग लिने पाउने छन् ।
कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा विभिन्न सम्मान पनि गरिनेछ । संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरुलाई ‘आजीवन योगदान सम्मान’ र विशेष सम्मान प्रदान गरिनेछ । फेसनतर्फ कोरियोग्राफर, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तराष्ट्रिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्टिय व्युटिपेजेन्ट उपाधि बिजेता, फेसन आइकन, फेसन तथा ब्युटीपेजेन्ट फोटो ग्राफर, उत्कृष्ट फेसन शो तथा व्युटिपेजेन्ट, फेसन डिजाइनिङ इन्टिच्यूट, इन्टनेशलन पेजेन्ट डिरेक्टर विधामा प्रतिस्पर्धा हुनेछ ।
