मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना

तु खबर संवाददाता
२०७८ माघ ७, शुक्रबार १६:३६

धनुषा । धनुषामा मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना गरिने भएको छ । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि आइतबारदेखि मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना गर्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा मास्क लगाउनका लागि जनचेतनामूलक कार्यक्रम गरिएको बताए । त्यसपछि पनि मास्क नलगाइएको पाइएमा जरिवाना असुल गरिने उनले बताए । आइतबारदेखि मास्क नलगाउनेसँग एक सय रुपैयाँ दरले जरिवाना असुली गरिने पौडेलले बताए ।