आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

तु खबर संवाददाता
२०७८ माघ ७, शुक्रबार ०८:३३

काठमाडौं । आजदेखि सार्वजनिक स्थान जाँदा कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड अनिवार्य गरिएको छ । सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड अनिवार्य गरिएको हो ।

यदी खोप लगाएको कार्ड नभएको खण्डमा भने मोबाईलमा फोटो देखानुपर्नेछ । जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ । बढ्दो कोरोना महामारीको जोखिमलाई मध्येनजर गर्दै सरकारले सबै निकायहरुलाई खोप कार्ड हरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिन निर्देशन दिएको छ । हाल देशभर कोरोना संक्रमितको संख्या बढ्दो छ । नेपालमा बिहिबार मात्रै १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ पुगेको छ ।