नाइजेरियामा हट्यो ट्विटरमाथिको प्रतिबन्ध
काठमाडौँ । नाइजेरिया सरकारले ट्विटरमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । नाइजेरियन राष्ट्रपति मुहमदु बुहारीको एउटा विवादास्पद ट्विटपछि केही महिना अघि सरकारले समाजिक सञ्जालको महत्वपूर्ण माध्यम ट्विटरमा प्रतिबन्ध लगाएको थियो ।
बुहारीले गरेको एउटा ट्विट कमेन्टलाई लिएर चर्को विरोध भएपछि टविटरले जुन महिनादेखि नाइजेरियामा ट्विटरमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध हट्नुअघि सरकार र ट्विटर कम्पनीबीच लामो छलफल भएको थियो । ‘राष्ट्रपति बुहारीले ट्विटरमाथि लगाएको प्रतिबन्ध फुकाउने विषयमा कम्पनीसँग सहमति जनाएका छन् ।
बुधबार राति १२ बजेदेखि नाइजेरियाा ट्विटर पुनः सञ्चालनमा आएको छ,’ देशको सूचना प्रविधि निकायले एक विज्ञप्तिमा भनेको छ । नाइजेरियामा ट्विटरमा प्रतिबन्धलाई लिएर अमेरिका, युरोपेली युनियन र क्यानडाले चासो देखाएका थिए ।
