कांग्रेस महाधिवेशन : ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज शुक्रबार काठमाडौं मृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनको प्रधानमन्त्री तथा पार्टका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । उक्त महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपस्थित भए ।
राजनीतिक तिक्तताका बीच तीन नेता आज एकै मञ्चमा देखिएका हुन् । तत्कालीन प्रधानमन्त्री ओलीले प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर गरेका हुन् । कांग्रेसको महाधिवेशन उद्घाटन हेर्न मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ ।
शुक्रबार उद्घाटन समारोह सकिएपछि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।
