भारतीय ट्रकको ठक्करबाट विद्यार्थी नेता चौधरीको मृत्यु
रौतहट । जिल्लाको चन्द्रनिगाहपुरमा भारतीय नम्वर प्लेटको ट्रकको ठक्कर बाट एक जना युवकको मृत्यु भएको छ । गएराती करिब ९ बजेको समयमा भारतीय नम्वर प्लेटको ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका वडा नम्वर २ जुडिवेलाका सोनालाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
चन्द्रनिगाहपुरबाट जुडिवेला घर फर्कने क्रममा चाँदीपुल नजिकै चौधरी सवार मोटरसाइकललाई सो भारतीय ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार युपि ३५ एटी ४२७३ नम्बरको भारतीय नम्बर ट्रकले ना ३५ प १८९३ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मृतक चौधरी जनज्योती बहुमुखी क्याम्पसका पूर्व स्ववियु सहसचिव समेत रहेको थाहा भएको छ । ट्रक चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमको लागि अस्पताल पठाइएकोसमेत प्रहरीले जनाएको छ ।
