आज यी प्रदेशमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७८ आश्विन ६,बुधबार १०:१९
file photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरूको आंशिक प्रभाव रहेको जनाइएको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहनुका साथै बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/ दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ । यस्तै, भोलि बिहीबार देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ भने शुक्रबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ।