भूमि आयोगको अध्यक्षमा निरौला, गृहले गर्यो सीडीओहरु सरुवा(हेर्नुहोस् सूची)

तु खबर संवाददाता
२०७८ भाद्र ३०, बुधबार २१:००
filr-photo

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडीओ) को सरुवा गरेको छ । मन्त्रालयद्वारा आज जारी गरिएको सरुवा सूची अनुसार, ललितपुर जिल्ला प्रशासन कार्यालयमा घनश्याम उपाध्यायलाई पठाइएको छ भने रुद्रादेवि शर्मालाई भक्तपुर ल्याइएको छ ।

त्यसैगरी, गुल्मीमा पुण्ड विक्रम पौडेल, मोरङमा काशीराज दाहाललाई पठाइएको छ भने कोषहरि निरौला र ढुण्डीप्रसाद निरौलालाई मन्त्रालय तानिएको छ । दीपककुमार पहाडीलाई रामेछाप, नुरहरि खतिवडालाई संखुवासभा र टेकराज निरौलालाई दोलखाको जिम्मेवारी दिइएको छ । त्यस्तै आसमान तामाङलाई चितवन ल्याइएको छ भने बीरेन्द्रकुमार यादवलाई उदयपुर सरुवा गरिएको छ । यसअघि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले पनि धेरै संख्यामा कर्मचारीहरुको सरुवा गरेको थियो ।

राष्ट्रिय भूमि आयोग गठन

सरकारले केशब निरौलाको नेतृुत्वमा राष्ट्रिय भूमि आयोग गठन गरेको छ । केपी ओली सरकारका पालामा नियुक्त भएका देवि ज्ञवाली नेतृत्वको भूमि समस्या समाधान आयोग खारेज गरेको सरकारले आज निरौलाको नेतृत्वमा नयाँ आयोग बनाएको हो ।

निरौला नेतृत्वको सो आयोगको उपाध्यक्ष नहिन्द्र खड्का नियुक्त भएका छन् । आजै निरौलाले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सपथ लिएका छन् । यसअघि गठन भएका यस्ता आयोगहरुले काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ । देउवा नेतृत्वको सरकारले पनि यो आयोगलाई खारेज गर्ने निर्णय गरेको थियो तर आज पुनः आयोग गठन गरेको हो ।