आज यी स्थानमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७८ भाद्र २१, सोमबार ०९:२३
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं. १ प्रदेश नं. २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङुहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, महाशाखाले मंगलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, बुधबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।