बकैयामा वडा अधिवेशन सकियो, १२ वटै वडामा नयाँ कार्यसमिति
मकवानपुर । नेपाली कांग्रेस बकैयामा आज वडा अधिवेशन भएको छ । बकैया गाउँपालिकाको १२ वडामामध्ये अधिकांश वडामा सहमतिमा कांग्रेसको सभापति चयन भएका हुन् ।
मकवानपुरको बकैया गाउँपालिकाको १२ वडामध्ये एउटा वडामा मात्र निर्वाचन भएको कांग्रेस बकैया गाउँपालिकाका सभापति भूमिनन्द गौतमले बताए । उनका अनुसार बकैया गाउँपालिकाको वडा नम्बर ६, ७ र १० नम्बरमा कांग्रेस क्रियाशिल सदस्यहरुको घम्साघम्सी परे पनि अन्त्यमा वडा नम्वर ७ बाहेक सबै वडामा सहमति भएको उनले बताए ।
बकैया १ मा बुद्ध ब्राम्ह सभापति बनेका छन् । उनको सभापतिमा २२ सदस्यीय समिति चयन भएको छ । यस्तै बुथ प्रतिनिधि १३ जना चयन भएका हुन् ।
वडा नम्बर २ को सभापतिमा चन्द्र बहादुर जिम्बा चयन हुँदै २२ सदस्यीय समिति समिति बनेको छ । यस्तै, वडा नम्बर ३ वडा सभापतिमा भक्त बहादुर भोलन, ४ नम्बर वडा सभापतिमा सुनिल भोम्जन, ५ नम्बर वडा सभापतिमा अमृत थिङ, ८ नम्बर वडा सभापतिमा इन्द्र बहादुर दोङ, ९ नम्बर वडा सभापतिमा तिर्थलाल रुम्बा,१० नम्बर वडा सभापतिमा बुद्ध बहादुर वाईवा, ११ नम्बर वडा सभापतिमा इन्द्र बहादुर स्याङतान र १२ नम्बर वडा सभापतिमा चिन बहादुर रुम्बा चयन भएका छन् ।
यस्तै, वडा सभापतिमा बकैया ७ नम्बर वडा सभापतिमा भने निर्वाचन भएको छ । राजन घिमिरे र ठाकुर बोलखेबिच भएको निर्वाचनमा २२ मतका बिरुद्धमा ४८ मत ल्याई राजन घिमिरे वडा सभापतिमा निर्वाचित भएको कांग्रेस बकैया गाउँपालिकाका सभापति गौतमले बताए ।
