हेटौंडा–१६ का वडाध्यक्षद्वारा विपन्न परिवारलाई जस्तापाता सहयोग

तु खबर संवाददाता
२०७८ भाद्र ९, बुधबार ०८:२५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले एक विपन्न परिवारलाई घर छाउनको लागि जस्तापाता सहयोग गरेका छन् ।

हेटौंडा–१६ घ्याम्पे टोल निवासी एकल महिला अनिता विश्वकर्माले घरमा छाना छाउन नसक्दा वर्षातको समयमा समस्या भएको गुनासो गरेपछि अध्यक्ष कोइरालाले आफ्नो व्यक्तिगत खर्चबाट जस्तापाता सहयोग गरेका हुन् । वडाध्यक्ष कोइरालाले रु ३० हजार बराबरको जस्तापाता सहयोग गरेका हुन् ।

सहयोगी मन नेपालको सहजीकरणमा गरिएको जस्तापाता हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष कोइरालाले आफ्नो वडाका हरेक नागरिक खाना, नाना र छानाको अभावमा बस्न नपर्ने बताए ।

कार्यक्रममा सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाईं, जनप्रीय माध्यमिक विद्यालय हटियाका व्यवस्थापन समिति सदस्य रमेश ढकाल, सदस्य कृष्ण पनेरु, पिटिए अध्यक्ष गुणराज राना लगायतको उपस्थिति रहेको थियो ।